लागूऔषध भनेर जाँच गर्दा ट्रकभरि भन्सार छलीका सामान

वीरगञ्ज भन्सारबाट राजश्व छलेर ल्याइएका सामान काठमाडौंमा फेला परेको छ । काठमाडौंको बल्खुमा लागुऔषधको शंकामा ट्रक जाँच गर्दा भन्सार छली गरेर ल्याइएका सामान प्रहरीले बरामद गरेको हो ।

वीरगञ्जबाट आएको ना ४ ख ८४ ९६ नम्बरको ट्रकमा लागूऔषध रहेको आशंकामा प्रहरीले आज चेक जाँच गर्दा प्रहरीले उक्त सामान फेला पारेको हो ।

ट्रकबाट १ सय २० थान पार्टी प्यालेसमा सजाउने विभिन्न कलरको साटन कपडा र झोला बनाउने कपडाको १० थान रोल बरामद भएको छ ।

प्रहरीले ट्रकसहित उक्त सामानलाई हरिहर भवन,पुल्चोकस्थित राजश्व कार्यालय पठाएको जनाएको छ ।

टिप्पणीहरू