आजबाट फेरि मनुसन सक्रिय, सतर्कता अपनाउन सूचना

आजबाट फेरि मनुसन सक्रिय, सतर्कता अपनाउन सूचना

जेठ महिनाको अन्तदेखि सक्रिय भएर साउन महिनाको प्रारम्भमा केही कमजोर देखिएको मनसुन आजदेखि कम्तिमा तीन दिन पुनः सक्रिय हुने भएको छ । मनसुन सक्रिय भएसँगै गए रातिदेखि नै मुलुकका विभिन्न भागमा वर्षा हुन थालेको छ । अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली र कतिपय स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन मनसुन सक्रिय हुने अवस्था देखिएको छ । यो तीन दिन स्थानअनुसार हल्कादेखि मध्यम वर्षा हुनेछ ।

आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानमा पनि त्यसैगरी ठूलो वर्षा हुनसक्छ ।

यस्तै भोलि र पर्सि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरि आगामी २४ घण्टामा प्रदेश १ र सुदूपश्चिम प्रदेशका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेकाले पहाडी भू–भूगमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले थप सतर्कता अपनाउन विभागले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।

टिप्पणीहरू