घरको चोर

लोडसेडिङ हटाउन पैंतालादेखिकै प्रयास गर्दै आइरहेको विद्युत्् प्राधिकरणले अस्ति मात्रै एक बथान कर्मचारीलाई समाते जो विद्युत्् चोर्ने काम गर्थे । चोर्ने पनि कस्तो कुरा हेर्नोस् त । विद्युत् ! प्राधिकरणले उत्पादन गर्ने त्यत्रो विद्युत् कहाँ गयो भन्या त आफ्नै कर्मचारीले पो चोर्ने रहेछन् । ती विद्युत् चोर्ने र चोरेको विद्युत् किन्ने दुवैलाई प्रहरीले पक्राउ गरेको छ । अरूले चो¥या भए चोर मात्रै भने पुग्ने । अब प्राधिकरणको आफ्नै कर्मचारीले चोरेको कारण भन्ने हो भने ठम्याउन सकिरहेको छैन ।
हिसाबले त विद्युत् चोर्नेलाई विद्युत्कै झड्का लगाएर सजाय दिनुपर्ने थियो । तर, यतिबेला प्राधिकरणलाई एक एक थोपा विद्युत् बचाएर काम गर्नुपर्ने अवस्था छ । त्यसैले चोरलाई विद्युत्जस्तो बहुमूल्य वस्तुले डामेर सजाय नदिनु नै बेस होला ।
चोरलाई समाउने काम त भयो । तर, कर्मचारीको के भरोसा ? समातिएका कर्मचारीलाई तुरुन्त रिहा गर, हामीले विद्युत् चोर्न पाउनै पर्छ भनेर युनियनले हडताल पो गर्ने हो कि फेरि ? कर्मचारीले विद्युत् चोरेर बेच्न पाइँदैन भनेर प्राधिकरणको कुनै पुस्तकमा ठ्याक्कै लेख्या त छैन नै होला । कसो ?

टिप्पणीहरू