पूर्वप्रधानमन्त्री खनालको उपचार रकम व्यहोर्ने सरकारी निर्णय गैरकानुनी : विवेकशील साझा

पूर्वप्रधानमन्त्री खनालको उपचार रकम व्यहोर्ने सरकारी निर्णय गैरकानुनी : विवेकशील साझा

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई सरकारी कोषबाट खर्च गरी उपचारमा आर्थिक सहयोग पुर्याउनु गैरकानुनी कार्य भएको गविवेकशील साझा पार्टीले बताएको छ । उसले सरकारले गरेको निर्णय जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैरकानुनी भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

उक्त पार्टीका सचिवालय सदस्य पुकार बमले आज दर्ता गरेको ज्ञापनपत्रमा एमाले नेता खनालको उपचारका निम्ति सरकारले रकम निकासा गर्नु कानुन विपरित भएको उल्लेख गर्दै, ‘ऐनमा विदेशमा गरिने उपचारको खर्च नेपाल सरकारले उपलब्ध नगराउने’ बताइएको छ । कानुन विपरित देखिएको उक्त रकमको निकासा कुन कानुनमा टेकेर गरियो ? भन्दै साझा पार्टीले जवाफ समेत मागेको छ ।

सरकारले गरेको उक्त निर्णयले नेता खनालको मान मर्दन गर्ने विवेकशील साझाले ठहर गरेको छ । ‘यो कार्यले खनालको त्याग र समर्पणमै प्रश्न उठ्ने हुँदा सम्बन्धित सबैलाई सचेत हुन अनुरोध छ,’ विवेकशीलले भनेको छ ।

टिप्पणीहरू