ब्रा चोर्ने बदमास

छात्राको लुगा सुकाउने स्थानमा पसेर ब्रा र पेन्टी चोर्न माहिर नोत्रेडम कलेजका फोटोग्राफर डेभिड जिन्राम पक्राउ परेका छन् । कलेजका छात्राले आफ्नो भित्री वस्त्र हराउन थालेको उजुरी दिएपछि ओहियोको प्रहरीले कलेजमा सिसिटिभी क्यामेरा जडान गरी चोर पत्ता लगाउने जुक्ति निकालेको थियो । यस क्रममा २२ वर्षीय जिन्राम ब्रा चोर्दै गरेकै अवस्थामा पक्राउ परे । प्रहरीले उनको कोठाबाट ६ सय ५६ थान ब्रा र पेन्टी फेला पारेको छ । जिन्रामले ती ब्रा र पेन्टी भुइँको टायलमुनि लुकाइराखेका थिए ।

टिप्पणीहरू