झापालीद्वारा राष्ट्रपति र प्रधानमन्त्री दुबैको हुर्मत

झापालीद्वारा राष्ट्रपति र प्रधानमन्त्री दुबैको हुर्मत

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर झापाका एक जनाले टिकटकमा सेयर गरेबापत ठूलो मूल्य चुकाउनु परेको छ । राष्ट्रप्रमुख र सरकारप्रमुखको चरित्र हत्या गरेको अभियोगमा झापाको मेचीनगर नगरपालिका–६ बस्ने सोमप्रसाद घिमिरे आज समातिएका छन् ।

घिमिरेले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो सम्पादन गरेर ट्रोल भिडियो बनाई सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरेका थिए । उक्त कार्यले मुलुकको सर्वोच्च अंगमा रहनुभएका संवैधानिक पदाधिकारीहरुको चरित्र हत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताइन्छ ।

प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा घिमिरेलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

प्रहरीले प्रधानमन्त्री शेरबहादुर देउवा हो वा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भन्नेबारे केही खुलाएको छैन ।

टिप्पणीहरू