७५ वर्षका बृध्दले ६९ वर्षकी श्रीमतीलाई कुटेर मारे

७५ वर्षका बृध्दले ६९ वर्षकी श्रीमतीलाई कुटेर मारे

दाङमा एक जना बृध्दले बृध्द उमेरकी श्रीमतीलाई कुटेर मारेका छन् । शान्तिनगर गाउँपालिका–४ का ७५ वर्षीय मोहनलाल न्यौपानेलाई श्रीमतीको हत्या गरेको अभियोगमा आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवाद बढेपछि मोहनलालले श्रीमती भगवती न्यौपानेलाई शुक्रबार दिउँसो निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए ।

घाइते भगवतीको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएपछि मोहनलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

टिप्पणीहरू