सार्वजनिक बिदा के का लागि ? तास खेल्न ?

सार्वजनिक बिदा के का लागि ? तास खेल्न ?

सार्वजनिक बिदाको दिन मस्तसँग जुवा खेल्ने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । ती सबै हिजो काठमाडौं,दाङ र कास्कीमा तास खेलिरहेका थिए । काठमाडौंको ठमेलस्थित ड्रागंन डान्सबार,दाङको घोराहीस्थित जागृति टोल बस्ने सुरेन्दबहादुर खत्रीको घर तथा कास्कीको पोखरा महानगरपालिका–१७, हिमाली टोलका सोही महानगरपालिका–२६ बूढीबजार घर भएका ५३ वर्षीय जमबहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा ड्रागन डान्सबारका सञ्चालक काभ्रे धुलिखेल नगरपालिका–९ घर भएका ३३ वर्षीय गेन्जे लामासहित ६ जना, घोराहीबाट घरधनी ४१ वर्षीय सुरेन्द्रबहादुर खत्रीलगायत ६ जना र कास्कीबाट ५३ वर्षीय जमबहादुर गुरुङलगायत १० जना रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नगद १ लाख ७४ हजार ४ सय ३० रुपैयाँ र ६ बुक तास समेत प्रहरीले बरामद गरेको छ ।

टिप्पणीहरू