स्कुल र होटेल साहुजीलाई स्वास्थ्य मन्त्रालय

स्कुल र होटेल साहुजीलाई स्वास्थ्य मन्त्रालय

नेपाली काँग्रेसका समानुपातिक सांसद तथा लिट्टल एन्जेल्स स्कूल र चितवन/धुलिखेललगायत ठाउँमा होटेल सन्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आज स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (९) बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको बताइएको छ ।

राज्यमन्त्री श्रेष्ठको साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

कृषि, जलविद्युतलगायतका क्षेत्रमा पनि उहाँको ठूलो लगानी रहेको बताइन्छ ।

मुलुक कोरोना महामारीको चपेटामा परेका बेला स्वास्थ्य क्षेत्रलाई बुझेको व्यक्तिले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री देउवाले व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई स्वास्थ्यमा लैजानुभएको हो । स्वास्थ्य मन्त्रालय भने देउवाले आफैंसँग राख्नुभएको छ।

टिप्पणीहरू