बाङ्गो कुरा गर्ने माननीय नारद्लाई माधव नेपालले भन्नुभयो-बाहिर जानोस्

बाङ्गो कुरा गर्ने माननीय नारद्लाई माधव नेपालले भन्नुभयो-बाहिर जानोस्

संसद पुनःस्थापनाविरुध्द अभिव्यक्ति दिने केपी ओली पक्षका एक सांसदलाई एमाले वरिष्ठ नेता माधव नेपालले वैठक छोड्न चेतावनी दिनुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सांसद नारदमुनि रानाले वर्तमान सरकार सर्वोच्च अदालतले बनाइदिएको बताएपछि आक्रोशित हुनुभएका नेता नेपालले त्यस्तो चेतावनी दिनुभएको हो ।

आक्रोशित हुनुभएका नेपालले ‘प्रतिगमनको मतियार’ बनेको भन्दै सांसद रानालाई बाहिर निस्कन भन्नुभएको थियो । नेपालले प्रतिगमनको मतियार भनेपछि काँग्रेस,माओवादी र नेपाल पक्षका सांसदहरु रानामाथि खनिएका थिए । सांसदहरुले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रहसमेत गरे ।

यता,एमाले उपाध्यक्ष भीम रावलले चुनावअगाडि नै पार्टी एकता हुनुपर्ने बताउनुभएको छ । जनता र कार्यकर्ता झण्डा हेरेर पछि लाग्ने भएकाले आगामी स्थानीय तहको चुनावअघि नै एमाले मिल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एमाले एकता अभियान चलाइरहेका दुवै पक्षका सांसदहरुसंगको कुराकानीका क्रममा रावलले कार्यदलले तयार पारेको १० बुँदे स्वीकार गर्नुको विकल्प नभएको पनि बताउनुभयो ।

टिप्पणीहरू