काङ्ग्रेसको धर्नामा को को सामेल

काङ्ग्रेसको धर्नामा को को सामेल

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवरणमा व्यापक धाँधली भएको भन्दै कांग्रेस हेडक्वार्टर सानेपामा नेता,कार्यकर्ताको धर्ना,अनसन जारी छ । रौतहट,बारा,कलैया,सर्लाहीलगायत जिल्लाका नेता तथा कार्यकर्ताले महाधिवेशनको मुखमा सदस्यता वितरणमा व्यापक धाँधली भएको आरोप लगाउँदै धर्ना र अनसनका कार्यक्रम जारी राखेका छन् ।

क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बाराका ४ वटै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ता धर्नामा बसिरहेका छन् । आज धर्नाको चौथो दिन बारा जिल्लाका सभापति जयचन्द्र चौरसियाको नेतृत्वमा बारा क्षेत्र नम्बर १,२,३ र ४ का क्षेत्रीय सभापतिहरु क्रमश: बिजयशंकर यादव,रामप्रवेश यादव, मुकेश कुसवाह,सुनिलकुमार गुप्ता लगायत ५० भन्दा बढी नेता तथा कार्यकर्ताले सानेपा पार्टी कार्यालय धर्ना दिने कार्यक्रम रहेको कांग्रेसका नेताहरुले जनाएका छन् । नेपाली काङ्ग्रेस क्रियाशील सदस्यता छानविन समितिद्वारा विभिन्न जिल्लाका हजारौं कार्यकर्तालाई १४ औं महाधिवेशनबाट बञ्चित गर्न खोजिएको भन्दै विभिन्न जिल्लाका नेता तथा कायकर्ताले कांग्रेसको पार्टी मुख्यालयमा धर्ना जारी राखेका छन् । यसअघि बारा जिल्लाका पूर्व सांसद रामअयोध्याप्रसाद यादवको नेतृत्वमा धर्ना दिइएको थियो । यस्तै रौतहट क्षेत्र नम्बर १ मा पार्टी विधान,नियमावलि र केन्द्रिय परिपत्र विपरित नविकरण,नयाँ क्रियाशील सदस्य र लोकतान्त्रिक फोरमबाट समायोजनको संख्या भन्दा बढि सदस्यता बितरण गरेको बिरुद्धमा पूर्वमन्त्री बज्रकिशोर सिंहको नेतृत्वमा डा.देवचन्द्र मिश्र,महासमिति सदस्य उदयकान्त यादव लगायत ३५ भन्दा बढी महाअधिवेशन प्रतिनिधि अनसनमा बसेका छन् । यस्तै पूर्व सांसद डा. चन्दमोहन यादव,महासमिति सदस्य रामपल्टन साह,तरुण दल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक लगायत आमरण अनसन बसिरहेका छन् । उनीहरु नयाँ क्रियाशील सदस्यतामा पार्टीको बिधान,नियमावलीका साथैं केन्द्रीय परिपत्र बिपरित प्रक्रिया मिचेर धाँधलीपूर्ण ढंगले काम भएको भन्दै अनसनमा बसेका हुन् । उनीहरु विगत ८ दिनदेखि अनसनमा छन् ।

अनसनलाई पूर्व सांसद प्रेमकिशोर प्रसाह साह, महाअधिवेशन प्रतिनिधि राम उदय यादव,नगर सभापति विजयशंकर साह,रामसत साह,संजय कु महतो (प्रदेश सभापति,सकीर राईन,रामकृष्ण मंडल लगायत नेता कार्यकर्ताहरुको समर्थन रहेको जनाइएको छ ।

यस्तै सर्लाहीमा जिल्लाका पार्टी सभापतिले क्रियाशिल सदस्यता बितरणमा अनियमितता गरेको बिरोधमा पूर्व गाविस अध्यक्ष राम गोबिन्द राय ५ दिनदेखि अनसनमा छन् । कैलाली क्षेत्र न १ का जिल्ला सभापति भुबनेश्वोर अधिकारी हिजोदेखि अनसनमा बसेका छन् ।

यस्तै काठमाडौं ३ को धर्ना कार्यक्रम सकिएको छ । सो ठाउँका नेता तथा कार्यकर्ता कोही पनि पार्टी कार्यालयमा नबस्ने निर्णय गरेका छन् ।

टिप्पणीहरू