कागेश्वरी मनोहराका मेयरलाई काँग्रेसको चेतावनी

कागेश्वरी मनोहराका मेयरलाई काँग्रेसको चेतावनी

नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का सभापति अनिल थापाले मेयर कृष्णहरि थापाले स्थानीय गान्धी आदर्श माध्यमिक विद्यालयमा अनावश्यक हस्तक्षेप गरेकोमा बिरोध गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।

मेयर थापा र प्रधानाध्यापक छत्र कटुवालको मिलेमतोमा विद्यालयमा नगरपालिकाको अनावश्यक हस्तक्षेप भएको जनाउँदै काँग्रेस सभापति थापाले नियम विपरित प्रधानाध्यापक परिवर्तन गर्न खोजेकोमा आपत्ति जनाएका हुन् ।

पार्टीको राष्ट्रिय महाधिवेशन समेत नजिकिँदै गएको सन्दर्भमा आन्दोलनको स्वरुप परिवर्तन गरिएको काँग्रेसको स्थानीय इकाइ समितिले जनाएको छ । प्रधानाध्यापक परिवर्तन गर्न नपाइने र अन्य माग पूरा गर्नुुपर्ने भन्दै काँग्रेसले अन्यथा गरिएको अवस्थामा मेयर थापा नै उत्पन्न हुनसक्ने सबै परिस्थितिको निम्ति जिम्मेवार हुने चेतावनी समेत दिएको छ ।

टिप्पणीहरू