खाजै खान हो त मन्त्रीज्यू ?

उद्योगमन्त्री नवीन्द्रराज जोशी र सचिव शंकर कोइरालाको यातना सहन नसकेर सहसचिव यामलाल भुसाल पुनर्निर्माण प्राधिकरण जाने भएका छन् । घरेलु विकास समितिको कार्यकारी निर्देशकमा तनहुँकै एक जनालाई नियुक्ति गर्न रामचन्द्रले दबाब दिइरहेका छन् । मन्त्रालयमा मन्त्री र सचिवको कुरा मिल्दैन तर काम एउटै छ, कर्मचारी हप्की–दप्की गर्ने । यस्तै भएर उद्योग विभागबाट उपसचिव विपिनराज भण्डारी सरुवा मागेर वातावरण मन्त्रालय गएका छन् । सहसचिव विनोद घिमिरे पनि नयाँ ठाउँ खोज्दै छन् ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्यकारी निर्देशक लक्ष्मण भट्टराईको पद सकिएको छ । बन्द उद्योग खोल्ने हावादारी गफका लागि हप्तैपिच्छे पत्रकार सम्मेलन जारी छ । केही पत्रकारलाई खाजा खुवाउनकै लागि बाहेक कुनै पनि दृष्टिले पत्रकार सम्मेलन फलदायी हुन सकेका छैनन् । मन्त्रीको सचिवालयमा चाहिनेभन्दा बढी ‘विज्ञ’ थुपारिएका छन् ।

टिप्पणीहरू