गर्लफ्रेण्ड गुमाएर गाउँतिर गुमनाम

गर्लफ्रेण्ड गुमाएर गाउँतिर गुमनाम

पढाइ अनि गर्लफ्रेण्डको पीडा सहिनसक्नुहुँदोरहेछ । स्नातकोत्तर तहको तेस्रो सेमेस्टरमा आएर अनजानमै प्रेम बस्यो । फागुनको दोस्रो हप्ता । जाडो हटेको थिएन । साथी नरेन्द्रले हाइकिङ जाऊँ भने । हाइकिङ बूढानीलकण्ठदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज । बिहान ६ बजे हिँडेको ९ जनामाथि ढिला गरी २ बजे माथि पुगियो । बाटोमा प्रकृति र एकअर्कासँग छिल्लिँदा खुब रमाइलो भयो । बेलुकी ९ बजे घर आइपुगिएको थियो ।

त्यही हाइकिङमा अञ्जु पनि थिइन् । हेर्दा सोझी, सरल, खाइलाग्दो ज्यान । उनैसँग बाटोमा चिनापर्ची भयो । आँखा जुध्यो । मन परे पनि पहिलो भेटमै ‘तिमी मलाई मन प¥यो भनेर’ प्रेम प्रस्ताव राख्ने कुरै भएन । चिनजान भएपछि थाहा भयो– उनी पनि आर आर क्याम्पसमै पढेर छाडेकी रहिछन् । स्नातक उत्तीर्ण गरेपछि पढ्न मन नलागेर जापान जान ‘स्टुडेन्ट भिसा’ का लागि आवेदन दिएकी । जापान जान सिओइ (अनुमतिपत्र) पाएकी उनी भिसाको पर्खाइमा ।

घर फर्केपछि फेसबुकमा जोडिन पुग्यौँ । उनले नै फ्रेन्ड रिक्वेस्ट पठाएकी हुन् । कुनै केटीको फ्रेन्ड रिक्वेस्ट आउँदा कुनचाहिँ केटा नरम्ला ! मृगको पाठाझैँ बुर्कुसी मारियो । कुराकानी हुँदै गयो । सम्बन्ध गाढा बन्दै गयो । फेसबुकमा चिनजान भएको एक महिनापछि उनले ‘दुई ज्यान, एक धड्कन’ बनौँ भनेर प्रस्ताव राखिन् । ढिलाइ गर्ने कुरै थिएन । त्यसपछि डेटिङ स्पट बन्यो– स्वयम्भू । बेलुकी भयो कि स्कुटी लिएर स्वयम्भू आउँथिन् । मेरो बसाइ त्यहीँ भएकाले मलाई स्वयम्भू आउन ढिला हुने कुरै थिएन । स्वयम्भू डाँडामा खुबै माया प्रेमका कुरा हुन्थे । अहिले सम्झिँदा आफैँदेखि घीन लाग्छ तर जे भयो, सकियो ।

मागिन्, सरी । गरिन्, अनेक बिन्ती भाउ । तर, म फकिने वा गल्नेवाला थिइनँ । उनलाई फेसबुक, भाइबरलगायत सबैबाट हटाइदिएँ । फालिदिएँ सिम कार्ड । झिकेँ अर्कै सिम । सेमेस्टरको क्लास पनि रोकिएको थियो कोरोना महामारीले ।

दुई ज्यान एक भएपछि एकअर्काको युजर नेम र पासवर्ड साँटासाँट ग¥यौँ । एक हप्तासम्म त ठीकै भयो । त्यसपछि ‘त्यो केटी को हो त्यसरी म्यासेज गर्ने ?’ भनेर निहुँ खोज्न थालिन् । क्लासको केटी साथीसँग परीक्षाको तयारीबारे कुरा गर्दा पनि नानाथरी आरोप । त्यसपछि सम्बन्धले विकराल रुप नै लेलाजस्तो भयो । जे भने पनि सहेरै बसँे । तर, अति भएपछि खति हुने रहेछ । फेसबुकको पासवर्ड परिवर्तन गरिदिएँ । ब्लक गरिदिएँ । एक हप्तापछि ऊ आफैँले रुँदै फोन गरी । ‘सरी, राज ! आइन्दा मबाट यस्तो गल्ती हुँदैन ।’ लौ, न त भनेर फेरि सम्बन्ध अघि बढ्यो ।

पढाइलाई निरन्तरता दिनुपर्ने बेला, त्यताको सम्बन्धले निरन्तरता पायो । यही सिलसिलामा उनले आफ्नो घर बोलाइन्, साथीको नाता पारेर । चन्द्रागिरि गएँ । परिवारसँग चिनजान भयो । उनले यसअघि नै भनेकी थिइन्– आमा बितेको र आमा बितेपछि बुवाले आमाकै बहिनी बिहे गरेको । सानीआमाको माया पाएर हुर्किएका उनीपछि एकजना दिदी र भाइ छन् । दिदी कुबेतमा भएको पनि उनले यसअघि नै भनिसकेकी थिइन् । दिदीसँग फेसबुकमा साथी भयौं । विरलै कुराकानी हुन्थ्यो, उनको दिदीसँग ।

कैयौँ रात आँखाबाट आँशु नआएर के भो, मन रोएर बिते । त्यसको लेखाजोखा गर्दा तराजुले धान्दैन, किन–किन मन मान्दै मान्दैन । अझै जोडिऊँ, जोडिऊँ लाग्छ, भेटौँ, भेटौँ लाग्छ

उनी त मेरो घरमा कैयौँचोटि आएकी थिइन् । सबैसँग चिनजान थियो । परिवारले पनि बुहारीका रुपमा सहजै स्वीकार गरेका थिए । तर, उनको परिवारसँग भने दुवैले साथी भनेर ढाँटिएको थियो, उनकै अनुरोधमा । अञ्जुको बुवा सरकारी जागिरे, त्यसमाथि अलि जंगी स्वभावको भएकाले उनी डराउँथिन् । ७ बजेभित्र घरको गेट छिरिसक्नुपर्ने कडा आदेश । जेजस्तो भए पनि मैले स्वीकार गरेकै थिएँ । उनलाई भेट्न मन लागेको दिन परीक्षाको तयारी गर्नुपर्ने बहाना बनाएर झुक्याई कैयौँपटक भेट भयो तर जंगी शैलीका उनको बुवा त्यसमा फेल भए । चाल पाएनन् । कोठामा पसेपछि हाम्रो काम किताब टेबलमा, मन तन अन्तै ।

देशमा कोरोना महामारीले रुवाबासी थियो । सरकारले लकडाउन गर्ने निधो गरिसकेको थिएन । वैशाख महिना लाग्नै लागेको थियो । अञ्जुकी दिदी कुवेतबाट आइन् तर म भेट्न गइनँ किनकि अञ्जुले नै नबोलाएपछि जाने कसरी ? दिदी आएपछि एक दिन अञ्जुका बुवा, आमा र भाइ तीनैजना चितवन घुम्न गए । घरमा दिदी र अञ्जुमात्रै । दिदीले घरमा एउटा केटा बोलाइछन्, अञ्जुलाई थाहै नदिई । दिदीले अञ्जुलाई बाहिरबाट मासु र फलफूल ल्याउन भनेर पठाइन् । फर्कंदा सोफामा एक जना युवक बसेका छन् । देखेर उनी झसंगै भइन् । जुन केटासँग अञ्जुको चिनापर्ची थियो । आर आर क्याम्पसमा त्यो केटा पनि पढ्थ्यो ।

त्यो केटा र दिदीको विदेशमा रहँदा फेसबुकमा कुराकानी चल्ने गरेको रहेछ । केटाले दिदीलाई आफू अञ्जुलाई औधी मन परेको जस्तो सुनाउने र दिदीले पनि केटाको बोली औधी मन पराउने । त्यसैले केटालाई नेपाल आएर दिदीले घरमा कोही नभएको बेला थाहै नदिई बोलाएकी । त्यसदिन केटा अञ्जुको घरमै, दिदीसँग खुबै बात मारेर भोलिपल्ट अञ्जुले नै केटालाई भक्तपुर पु¥याएको त्यही केटाको मुखबाट सुनें । जबकि त्यो केटालाई म र अञ्जुबीचको सम्बन्धबारे थाहा थियो । ऊ र म क्लासमेट नभए पनि साथी थियौँ । उसको नाम थियो, दावा ।

दावाले आफू अञ्जुको घरमा बास बसेर भोलिपल्ट घर जाँदै गरेको फोटो पठायो अनि थाहा भयो । त्यसदिन अञ्जुले कल, म्यासेज केही रिप्लाई गरेकी थिइनन् । त्यसपछि बुनेको धागो छुटेसरी पोल खुल्न थाले– दिदीले ज्वाइँ बनाउन र बहिनीसँग यसबारे कुरा गर्न बोलाएका रहेछन् । रातभरि पार्टी नै चलाइएछ । त्यो कुरा थाहा पाएपछि सहन सक्ने कुरै भएन । अञ्जुले भने मैले त्यो सबै थाहा नपाऊँ भनी सबै कुरा लुकाएकी रहिछन् । तर, मैले त्यही केटाको मुखबाट सबै कुरा सुनिसकेको थिएँ ।

अञ्जुलाई यी सबै कुरा बताउँदा पनि होइन मात्रै भनिरहिन् । त्यसपछि अन्त्यमा केटाको नाम र केटालाई नै अञ्जुको हात माग्न दिदीले बोलाएको कुरा सुनाएपछि छाँगाबाट खसेजस्तो भइन् । मागिन्, सरी । गरिन्, अनेक बिन्ती भाउ । तर, म फकिने वा गल्नेवाला थिइनँ । उनलाई फेसबुक, भाइबरलगायत सबैबाट हटाइदिएँ । फालिदिएँ सिम कार्ड । झिकँे अर्कै सिम । सेमेस्टरको क्लास पनि रोकिएको थियो कोरोना महामारीले । वैशाख १६ देखि उपत्यकामा लकडाउन हुने भयो ।

त्यसपछि लागेँ गाउँ काभ्रे, तिमाल । गाउँमा दुई महिनाको बसाइ लास्टै कष्टकर बित्यो । उनैलाई बिर्सन गाउँ हान्निएको मेरो मन वर्षा रोकिएसरी रोकिएन । त्यही मोरीकै यादमा डुबिरह्यो । कैयौँ रात आँखाबाट आँशु नआएर के भो, मन रोएर बिते । त्यसको लेखाजोखा गर्दा तराजुले धान्दैन, किन–किन मन मान्दै मान्दैन । अझै जोडिऊँ, जोडिऊँ लाग्छ, भेटौँ, भेटौँ लाग्छ तर, कसरी ?

टिप्पणीहरू