थोत्रिए जहाज खसाल्ने हतियार

थोत्रिए जहाज खसाल्ने हतियार

तल घटाएर माथि थप्ने ! देउवा सरकार जानुअघि सेनाको हकमा यस्तो निर्णय भएको छ । नेपाली सेनाले तल्लो दर्जाको हकमा दरबन्दी घटाउने र माथिल्लो दर्जामा थप्ने काम थालेको हो ।

यसप्रकार बिल्लादार (हवल्दार, अमल्दार) हरुको दरबन्दी कटौती हुँदैछ । सेनाका अधिकृतमा सहायक रथीसम्मको केही दरबन्दी बढ्ने भएको छ । कर्णेल र एकतारे जर्नेल गरी २२–२३ को संख्यामा दरबन्दी बढ्दैछ ।

तर, यी दरबन्दीलाई एकैचोटि नभई पाँच वर्षभित्र कभर गर्ने योजना भएको सैनिकस्रोतले जनाएको छ । यदि एकै वर्षमा सबै पूर्ति ग¥यो भने निश्चित अधिकृतमात्रै लाभान्वित हुने कारण त्यसो गरिएको हो ।

उता, साउन १ गतेदेखि लागु हुने गरी नेपाली सेनाका पृतनाहरु कमाण्डमा रुपान्तरण भएका छन् । तर, सबै पूर्वाधार तयार छैनन् । कमाण्डले लामो दूरी मार हान्ने आर्टिलरी, इञ्जिनियरिङ, सिग्नल, सुरक्षा बन्दोबस्तीदेखि सबै सुविधा पाउँछन् । यसो गर्दा सेनाको जंगी अड्डाबाट गर्नुपर्ने ६० देखि ७० प्रतिशत काम कमाण्डबाटै सम्पन्न हुने भएको छ भने बाहिनीहरुले प्रदेशहरुसँग समन्वय गर्ने, द्वन्द्व, दैवी प्रकोपका कामहरु पनि हेर्ने स्रोतले जनाएको छ ।

सेनाले ०४५ सालमा चीनबाट एन्टी एयरक्राफ्ट ल्याएका कारण भारतसँग राजा वीरेन्द्रको दूरी बढेर नेपालले नाकाबन्दी झेल्नुपरेको थियो । अहिले त्यो प्रविधि चीनले प्रयोग गर्दैन भने नेपालसँग भएको विना अनुमति पस्ने विदेशी जहाज खसाल्ने हतियार पनि पुरानो भैसकेको छ । यसलाई बदल्नै पर्ने अवस्था छ ।

टिप्पणीहरू