संक्रमणका कारण १६ को मृत्यु ३१ सय बढि संक्रमित

संक्रमणका कारण १६ को मृत्यु ३१ सय बढि संक्रमित

कोरोनाबाट आज १६ जनाको ज्यान गएको छ भने ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय २५ जनामा पीसीआर तथा ४ हजार २ सय ८५ जनामा एन्टिजेन गरी १४ हजार ९ सय १० जनामा परीक्षण गरिएको थियो ।

आज २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज मुलुकभर २७ हजार ७ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू