युवा संघले नपुगेर कार्की ब्याँक्वेटबाट अहिले युथफोर्स

युवा संघले नपुगेर कार्की ब्याँक्वेटबाट अहिले युथफोर्स

एमालेले बबरमहलस्थित कार्की ब्याङक्वेटमा राष्ट्रिय युवा संघको युथ फोर्स जगाउने भेला शुरु गरेको छ । महासचिव ईश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा महेश बस्नेत,किरण पौडेल,बचनबहादुर सिंह, युथफोर्स संयोजक क्षितिज थेबे लगायत भेलामा सहभागी छन् ।

यसअघि ३२ सय जना युथफोर्स काठमाण्डौ भ्याली कमाण्ड घोषणा तथा शपथ ग्रहण गर्ने भन्दै मोटरसाइकल र पैदल त्यहाँ पुगेका थिए । केपी ओली नेतृत्वको नेकपा एमाले भातृ संगठन युवासङ्घले आजै युथफोर्सको भ्याली कमाण्ड घोषणापूर्व उपत्यकामा शक्ति प्रदर्शन गरेको हो ।मोटरसाइकल र्‍यालीसहित गरिएको शक्ति प्रदर्शनमा युवासंघका कार्यकर्ताले मार्चपास गरेका थिए । ओलीपक्षीय युवासंघका ईञ्चार्ज महेश बस्नेत नेतृत्वको टोलीले माइतीघरबाट बिजुलीबजार पुल हुँदै बानेश्वरबाट फेरि माइतीघरतर्फ लागेको हो ।भ्याली कमाण्ड घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले बोल्ने र कमाण्डका सदस्यहरूलाई शपथ पनि खुवाउने कार्यक्रम छ । माओवादीको युवा संगठन वाइसिएलसँग ‘भिड्न’ भन्दै बस्नेतको नेतृत्वमा गठित युथफोर्स लामो समय निस्क्रिय रहेको थियो । ओली प्रधानमन्त्रीबाट बाहिरिएलगत्तै ओली पक्षले युथफोर्सलाई पुन: सक्रिय बनाएको हो ।

टिप्पणीहरू