दिल्लीका सुरक्षाकर्मी ह्वारह्वार्ती काठमाडौंमा

दिल्लीका सुरक्षाकर्मी ह्वारह्वार्ती काठमाडौंमा

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै जना सरकारी कर्मचारी काठमाडौं उत्रेका छन् । त्यस क्रममा नयाँ दिल्लीस्थित आवासीय तर नेपालको निम्ति गैरआवासीय राजदूतहरु पनि आएका छन् ।

हिजो नेपालका लागि हंगेरीका गैरआवासीय राजदूत आन्द्रास लास्लो किरालीलगायत भारतीय कर्मचारी र तिनका परिवार आएका हुन् । भारतीय केन्द्रीय सरकारका कर्मचारी अमित सुधिर उपाध्याय, निखिल गजराज,दिपक पुरोहित र तरंकिता पाण्डे दिउँसो ३ बजे काठमाडौं उत्रिएका हुन् ।

हिजै आएका भारतीय कर्मचारीहरुमध्ये काठमाडौंस्थित राजदूतावासका प्रथम सचिव करुन वंशलको परिवारमा रविकुमार वंशलसहित चार जना छन् । केन्द्रीय सरकारका कर्मचारीहरुमध्ये अमित सुधिर उपाध्याय,निखल गजराज, दिपक पुरोहित र तारंकिता पाण्डे भने बौद्धस्थित होटल हायातमा बसेका छन् ।

हिजोको उक्त उडानबाट भारतीय दूतावासको सुरक्षामा तैनाथ सीआईएसएफ (केन्द्रीय औद्योगिक सुरक्षा बल) का प्रहरी इन्सपेक्टर एम दासको नेतृत्वमा १२ जनाको टोली पनि काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू