बल्खुमा ट्राफिक प्रहरीको आफ्नै भवन

बल्खुमा ट्राफिक प्रहरीको आफ्नै भवन

काठमाडौँ महानगरपालिका १४ बल्खुमा ट्राफिक प्रहरी प्रभागले आफ्नै भवन पाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग,बल्खुको भवन निर्माण समितिले आज बिहान शिलान्यास कार्यक्रमको आयोजना गरिएको हो ।

स्थानीय कुमारी क्लबका पूर्वअध्यक्ष मोहनकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो ।

वडा नम्बर.१४ का वडा सदस्य रश्मी खड्का,कुमारी क्लबका अध्यक्ष नकुल हमाल ठकुरी, कालिमाटी वृत्तका प्रमुख डिएसपी अपिल राज बोहोरालगायतको उपस्थितिवीच भवन निर्माणको शुरुआत भएको हो ।

टिप्पणीहरू