चन्द्रागिरीमा तरुण दलको सम्मान

चन्द्रागिरीमा तरुण दलको सम्मान

चन्द्रागिरी नगर समितिको आयोजनामा तरुण दलले अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको चन्द्रागिरी नगर समितिअन्तर्गत तरुण दल ८ मातातीर्थको आयोजनामा अन्तरक्रिया तथा सम्मान कार्यक्रम भएको हो ।

आज बिहान स्थानीय सतुङ्गलको चन्द्रागिरी पार्टीप्यालेसमा भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रम काठमाडौं निर्वाचन क्षेत्र नं. १० का सांसद तथा पूर्वखेलकुद मन्त्री राजन के.सी को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी लगायतको उपस्थिति थियो ।

टिप्पणीहरू