पाँच घण्टावीच शीतल निवासभित्र नयाँ र पुराना प्रधानमन्त्री

पाँच घण्टावीच शीतल निवासभित्र नयाँ र पुराना प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भेट्न देउवा साँझ छ शीतलनिवास पुगेर एक घण्टा बिताउनुभएको थियो ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार शपथपछि नियमित भेटघाटका लागि पहिलोपटक प्रधानमन्त्री देउवा राष्ट्रपति निवास पुग्नुभएको हो । उहाँहरुबीच झण्डै एकघण्टा छलफल भएको छ ।

गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएयता शेरबहादुर देउवा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको हो ।

यसअघि आजै बिहान ११ बजेदेखि १ बजेसम्म राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

टिप्पणीहरू