आमरण अनसनकारी र नेतृत्वबीच कुरा मिलेन

आमरण अनसनकारी र नेतृत्वबीच कुरा मिलेन

आमरण अनसनकारी काँग्रेसी नेता तथा कार्यकर्तासङ्गको वार्ता सहमतिविना सकिएको छ ।

साँझ पौने ५ बजे सकिएको वार्तामा दुवै पक्षबीच सहमति नभएको बताइन्छ । काँग्रेस केन्द्रीय कार्यालयमा आमरण अनसन बसेकाहरुले जिल्ला छानबिन समिति र जिल्ला कार्यसमितिको निर्णय सर्वसम्मत पारित हुनु पर्ने भन्दै लिखित प्रतिबद्धताको माग राखेका थिए ।

तर वार्तामा गएका नेपाली काँग्रेसका नेता पूर्व अर्थमन्त्री डा. रामशरण महत र नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतद्वयले भने आफूहरुलाई उक्त अधिकार नभएको जानकारी दिएपछि वार्ता टुंगिएको बताइन्छ ।

टिप्पणीहरू