बहालरतलाई वास्ता छैन,निवर्तमान प्रधानमन्त्री २ घण्टा शीतल निवासमा

बहालरतलाई वास्ता छैन,निवर्तमान प्रधानमन्त्री २ घण्टा शीतल निवासमा

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ११ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई घण्टा भेटवार्ता गर्नुभएको छ । अघिल्लो साता बालुवाटार छाडेर बालकोट जानुअघि उहाँ प्रधानमन्त्रीको हैसियतले अन्तिम पटक शीतल निवास छिर्नुभएको थियो ।

यसबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सोचेकोभन्दा बढी सांसदबाट विश्वासको मत पाउनु,एमालेको संस्थापन पक्षका धेरै जना सांसदले असन्तुष्ट पक्षतर्फ हात बढाएको अवस्थामा १ सय ८० जना सांसदको संख्या पुग्न अब मुश्किलले ४ देखि ५ जना बाँकी रहेको जोड घटाउमा उहाँहरुबीच कुराकानी भएको हुनसक्ने उच्च स्रोतले बताएको छ ।

यता,बहालरत प्रधानमन्त्री शेरबहादुर देउवा भने सत्ताको जिम्मेवारी लिएपछि हालसम्म शीतल निवास छिर्नुभएको छैन । सपथग्रहण समारोहमा नवनियुक्त प्रधानमन्त्रीप्रति राष्ट्रपतिले अस्वाभाविक व्यवहार गर्नुभएको भन्दै आलोचना भएको थियो ।

टिप्पणीहरू