३० बर्ष जागिर,१८ वर्षमा बढुवा, पश्चिमका अधिकांशको बल्ल पालो

३० बर्ष जागिर,१८ वर्षमा बढुवा, पश्चिमका अधिकांशको बल्ल पालो

नेपाल प्रहरीका ९८ जना सब इन्स्पेक्टर (सई) हिजो बिहान पाँच बजेको सूचनाअनुसार इन्स्पेक्टरमा बढुवा भएका छन् । १५ देखि १८ वर्ष सईमा सेवा गरेकाहरु इन्सपेक्टर भएका हुन् ।

सबैभन्दा लामो समयसम्म सईमा बसेका हरि श्रेष्ठलाई अन्तिम नम्बरमा राखेर फुली थपिएको छ । ९७ नम्बरमा बढुवा भएका श्रेष्ठ २०६१ सालको ब्याचका हुन् ।

यसपटक २०६१,२०६२ र २०६३ ब्याचका नायव निरीक्षकहरु इन्सपेक्टर भएका हुन् । त्यसमध्ये सुदूर पश्चिमका धेरै जना छुटेको र आफ्नो भेगका शेरबहादुर देउवा प्रधानमन्त्री भएसङ्गै उहाँका बडीगार्डसमेत उतैकाहरु समेटिएको बताइन्छ । सुदूरपश्चिमको थर चन्द,देउवा अधिकांश भएकाले पनि उक्त आरोप लागेको हो ।

नेपाल प्रहरीमा ३० वर्ष मात्रै सेवा अवधि काम गर्न पाइन्छ । तर, एउटै पोष्टमा १८ वर्ष बिताउनेको हालत के हुने ? बाँकी अवधि जम्मा १२ वर्ष रहन्छ ।

नयाँ सरकारको गठनपछि प्रहरीमा हुनुपर्ने लेखापालको सरुवासमेत निस्केको छैन । असार ३१ गते निस्किनुपर्ने उक्त सरुवा हालसम्म ननिस्केपछि त्यसमा पनि पश्चिमकै शक्ति लागेको भन्न थालिएको छ ।

टिप्पणीहरू