कोरोनाले लग्यो १८ को ज्यान २९ सय बढि संक्रमित

कोरोनाले लग्यो १८ को ज्यान २९ सय बढि संक्रमित

कोरोनाबाट आज १८ जनाको ज्यान गएको छ भने २ हजार ९ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ९८ जनामा पीसीआर तथा ३ हजार ६ सय १० जनामा एन्टिजेन गरी १७ हजार ३ सय ८ जनामा परीक्षण गरिएको थियो ।

आज १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, आज मुलुकभर २७ हजार ६ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू