बाबुराम भट्टराईको फोटोमा आगो झोसियो

बाबुराम भट्टराईको फोटोमा आगो झोसियो

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको फोटोमा आगो लगाइएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा हिन्दूधर्म विरोधी शब्द प्रयोग गरेको भन्दै हिन्दू राष्ट्रिय एकता अभियानले तस्बिरमा आगो सल्काएको हो ।
आज दिउँसो ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालय अगाडि डा. भट्टराईको तस्बिर जलाइएको थियो ।नेपाल हिन्दू राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय लामालगायतले नाराबाजीसहित फोटो जलाएका हुन् । उनीहरुले इसाई दलाल मूर्दावाद,देश बेचुवा, मातृभूमिको गद्दार भन्दै भट्टराईविरुद्ध चर्का नारा लगाएका थिए ।

फोटो जलाउन खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको बताइन्छ ।

टिप्पणीहरू