मुद्दा जाने, कालोकोट थर्थर काम्ने

मुद्दा जाने, कालोकोट थर्थर काम्ने

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपाल इञ्जिनियरिङ कलेज घोटालासम्बन्धी मुद्दा विशेष अदालत, सरकारी वकिलको कार्यालयमा पठाएको झण्डै एक महिना हुन लाग्यो । तर, अदालतमा अझै पेश भएको छैन ।

विभागले उक्त कलेजका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्धको अनुसन्धान पूरा गरी साढे तीन सय पेजको मुद्दा बुझाएको हो । उक्त कलेजमा ०५६ असार १८ देखि ०५७ मंसिर ७ सम्म पहिलो कार्यकाल र ०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका लम्बोदरले कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४ सय ४३ रुपैयाँ देखाएका थिए ।

लम्बोदरको नाममा मात्रै २४ करोडको बिगोमा ७२ करोड कायम भएको छ । उनैसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएपछि अख्तियारका आयुक्त राजनारायण पाठक पदच्युत भएका हुन् ।

त्यस्तै, सम्पत्ति शुद्धिकरणले पठाएको ४०–५० करोडको अर्को मुद्दाको हालत पनि त्यही छ । विभागचाहिँ अहिले प्रधानमन्त्री कार्यालयअन्तर्गत राखिएको छ । भनिन्छ, त्यहाँ लगिएकै लफडाहरु बढाउन र संस्थालाई पंगु बनाउन हो । किनभने, प्रधानमन्त्रीसम्म कर्मचारीको पहुँच पुग्दैन, तर भ्रष्टाचारीको पहुँच पुग्ने भयो ।

अर्थमन्त्रालयमा भएको भए विभागका हाकिमहरु सचिवसँग समस्या भन्न जान्थे । तर, अहिले उनीहरुले समस्या राख्ने ठाउँ पनि पाएका छैनन् ।

टिप्पणीहरू