विश्व खेलकुदको कुम्भमेला जापानको राजधानी टोकियोमा औपचारिक शुरु

विश्व खेलकुदको कुम्भमेला जापानको राजधानी टोकियोमा औपचारिक शुरु

बढ्दो कोरोना महामारीबीच विश्व खेलकुदको कुम्भमेला आजबाट शुरु भएको छ । कोरोना महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज भएको हो ।

जापानको राजधानी टोकियोमा विशेष कार्यक्रमकाबीच ओलम्पिकको पछिल्लो खेल मेला औपचारिक रुपमा शुरु भएको छ । नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे ओलम्पिकको उद्घाटन भएको छ ।

पाँच नेपाली खेलाडी समेत सहभागी रहेको ओलम्पिकमा नेपालको तर्फबाट समारोहको मार्चपासमा राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने भएका छन् ।

ओलम्पिकमा सहभागिता जनाउन नेपालबाट खेलाडीसहितको २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ । आजदेखि शुरु भएको ओलम्पिक कोरोना संक्रमण र महामारीलाई ध्यानमा राखेर दर्शकको उपस्थितिबिना नै शुरु भएको हो ।

टिप्पणीहरू