विमानस्थलको कानुन, उनै जानुन्

एयरपोर्टमा पियनको जगजगी छ । डा. रामशरण महतको पालामा भर्ना भएका पियनहरुसँग भन्सारका हाकिम नै सरुवा गर्ने तागत छ । पूर्व सामान्य प्रशासन सचिव तथा स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख रहेका बेला एउटा पियन सरुवा गर्दा निर्णय बदर गरेर भन्सार छाड्नुपर्ने बाध्यता आइलाग्यो ।

पियन कस्ता भने परपरैबाट आँखा सन्काएर इशारा गर्दा काम तमाम हुने । आफू त्यहाँ देखापर्नु पनि नपर्ने । पुस २१ गते ब्यागेज हेर्न आएका ३४ किलो सुनका भरिया ब्यागेज नदेखेपछि फर्किएर गए । भोलिपल्ट फेरि गए र ब्याग निकालेर ग्रिन सिग्नल पार गरी निस्किए । त्यहाँ उनको ब्यागको ट्याग नै चेक भएन । जम्मा २० जना पियन छन् । ८÷८ घण्टाको दरले तीनजना उपसचिवको ड्युटी हुन्छ । त्यसबेला टेकबहादुर अर्यालको पालो थियो तर उनी ड्युटीमा गएनन् । अरु कसैलाई जिम्मा पनि लाएनन् ।

अर्का उपसचिव टंक पौडेलको ड्युटी २ बजेदेखि थियो । तर, मुद्दाफाँट हेने र सबैको आँखाको तारो बनेका उनी त्यस दिन ११ बजे नै पुगेकाले अपराधी करार गर्ने प्रयास भइरहेको छ । अर्का छन्, श्रीनारायण यादव । उनको नाम तीनवटै सिफ्टमा देखिन्छ । सबैलाई खटाउने पनि उनै हुन् । एउटै मान्छेले २४ घण्टे ड्युटी कसरी पायो ? यो प्रश्न तेस्र्याउँदा मधेसी भनेर हेपेको अर्को आरोप लाग्ला । भन्सार प्रमुख नारायण सापकोटा नै जानुन्, उनले यस्तो महŒव श्रीनारायण यादवलाई किन दिएका हुन् !

– देवानन्द उपाध्याय

टिप्पणीहरू