हतारमा भीम रावलको राजीनामा,फुर्सदमा फिर्ता

हतारमा भीम रावलको राजीनामा,फुर्सदमा फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा आफ्नै समूहमा कुरा बाझिएपछि आक्रोशित भएर सांसद पदबाट राजीनामा दिनुभएका एमाले उपाध्यक्ष भीम रावल आफ्नो निर्णयबाट ‘ब्याक’ हुनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार भन्दै रावलले आज राजीनामा फिर्ता लिनुभएको हो । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उहाँले भर्खरै राजीनामा फिर्ता लिनुभएको छ ।विश्वासको मतको विपक्षमा उभिने आफ्नो प्रस्तावमा वरिष्ठ नेता माधव नेपालसहित नेपाल समूहका अधिकांश नेताहरु असहमत भएपछि रावलले साउन ३ गते अपरान्ह राजीनामा दिनुभएको थियो ।

आफ्नै समूहका नेता सुरेन्द्र पाण्डेले राजीनामाको निर्णयबाट पछि हट्न गरेको आग्रह रावलले पत्रकारहरुकै साम्मुन्ने अस्वीकार गर्नुभएको थियो । शीर्ष नेताका कारण राजीनामाको निर्णयमा पुग्नुपरेको उहाँले त्यतिबेला दाबी गर्नुभएको थियो ।

यसअघि एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालले रावललाई राजीनामा फिर्ता लिन सुझाउनु भएको थियो ।

टिप्पणीहरू