संसारमा कोरोनाविरुद्धको खोप धेरै प्रकारका, कति वटा देशले कुन खोप लगाए ?

संसारमा कोरोनाविरुद्धको खोप धेरै प्रकारका, कति वटा देशले कुन खोप लगाए ?

हालसम्म विश्वका विभिन्न मुलुकमा कोरोनाविरुद्धका १६ प्रकारका खोप लगाइएको छ । अहिलेसम्म अब्दाला, सोबराना २, क्वाज भ्याक, सिनोफार्म हायात भाक्स र आर बि डी–दाईमर खोप एक एक वटा देशमा लगाइसकिएको छ ।

यस्तै सिनोफार्म–वुहान र इपी भ्याक कोरोना दुई ओटा देशमा लगाइएको छ । भारत बायोटेक कोभ्याक्सिन छ देशमा र कान सिनो भ्याक्सिन चार वटा देशमा लगाइएको छ । मोडेर्ना ६० देशमा, गामालिया, स्पुतनिक ४८ देशमा, सिनोभ्याक ३७ देशमा, जोन्सन एण्ड जोन्सन ३२ देशमा र सिनोफार्म बेइजिङ ६३ देशमा लगाइएको छ ।

विश्वमा सबैभन्दा धेरै लगाइएको खोप अक्स्फोर्ड–अष्ट्रा जिनिका १ सय ८१ देशमा र फाइजर बायो एन टेक १सय ११ देशमा लगाइएको छ ।

टिप्पणीहरू