कालोकोट लगाउनेको अड्डामा जुवाको खाल

कालोकोट लगाउनेको अड्डामा जुवाको खाल

काठमाडौंको कलंकीमा कानुन व्यसायीको ल फर्म भनेर चिनिएको अड्डाबाट हिजो साँझ ७ जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको वस्थामा उनीहरु समातिएका हुन् ।

कलंकीस्थित रविन बिडारीले सञ्चालन गरेको बिडारी ल फर्मभित्रबाट पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका ८ स्थायी घर भएका ल फर्म सञ्चालक ५० वर्षका रविन बिडारी,धादिङ मैदी गाउँपालिका ८ स्थायी घर भएका २७ वर्षीय श्याम अधिकारी,कलंकी घर भएका ४६ वर्षीय प्रकाश श्रेष्ठ र ५० वर्षीय विजय के.सी रहेका छन् ।

त्यसैगरी खोटाङको खोटेहाङ गाउँपालिका ३ घर भएका ४५ वर्षीय गणेश कोइराला,महोत्तरीको गौशाला नगरपालिका ४ घर भएका ३९ वर्षीय नारायण ठकुरी र पाँचथरको याङग्रा गाउँपालिका ४ घर भएका ३२ वर्षीय राजेन्द्र दाहाल पनि ल फर्ममा जुवा खेलेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट ६ बुक तास,तास खेल्न प्रयोग गरिने उपकरण १ थान,बिडारीको साथबाट १ हजार २ सय, अधिकारीको साथबाट १७ हजार, श्रेष्ठ र कोइरालाको साथबाट २३ हजार, के.सीको साथबाट ३ हजार, ठकुरीको साथबाट ७ हजार र दाहालको साथबाट १३ हजार ५ सय गरी ७१ हजार ७ सय नगद समेत प्रहरीले बरामद गरेको छ ।

टिप्पणीहरू