आफ्नैसँग अत्याचार

मंसिरको सैन्य भर्नामा पूर्वक्षेत्रको इटहरी केन्द्रमा खटिएका अधिकृत र सहयोगी अधिकृत, पदिक र बिल्लादारले आफ्नो मान्छे भर्ना गरेका छन् । पृतना केन्द्र भए पनि पृतनापतिले भर्नाको जिम्मेवारी राजदल गणपतिलाई दिँदै आएका छन् ।

घुमाउरो पारामा गणपतिमार्फत आफ्ना मान्छे भर्ना गराउने चाल त होइन यो ? बटुकदल गणका मेजर राजारामले साधारण नाम, थर नमिलेकालाई गाविस र जिप्रकाबाट नाता प्रमाणित गर्न पठाई, नाता प्रमाणित ल्याउँदा पनि अनेक कुरा देखाएर दरखास्त बुझिदिएनन् र जनताका छोरालाई दुःख दिँदै बढी खर्च गराउने काम भयो । सारा जीवन सेनामा लगाएर पेन्सन भएका भूपूका छोराछोरीलाई प्राथमिकतामा राखिएन । बहालवालाले मात्र आर्थिक चलखेल गरी भर्ना गरेको प्रमाण हामीसँग छ ।

बोर्ड अध्यक्ष रामभरोसा बरालले हामी सर्वसाधारणलाई निष्पक्षताको कुरा गर्दै आफ्ना र हाकिमका मान्छे पास गरे । राई थरको जमदारले हाम्रा मान्छेका पेटको माथि टेप राखेर छाती पुगेन, उचाइ पुगेन भन्दै फेल गराए । यसभन्दा अगाडि छाती र उचाइ पुगेका मान्छेको अहिले के–कसरी पुगेन ? सोधखोज गर्दा चित्त बुझाउने काम नभई हप्की–दप्की गरियो । छनोटमा पास भएकाहरूको पुनः उचाइ नापी दिन भर्ना छनोट हाकिम सा’बलाई अनुरोध गर्दछांै ।

टिप्पणीहरू