प्रियंका स्टाइलमा हिसिला–बाबुराम पुत्री मानुषी

प्रियंका स्टाइलमा हिसिला–बाबुराम पुत्री मानुषी

कोरोना महामारी भए पनि केही महिला सेलिब्रेटी र कलाकारहरु आमा बन्ने क्रममा छन् । उनीहरुले यसबीच सामाजिक सञ्जालमा पोष्ट गरेका ‘गर्भवती पेट’ ले व्यापक चर्चा पाएको छ । सबैभन्दा धेरै नायिका प्रियंका कार्कीको चर्चा हुने गरेको छ ।

उनले थरी थरीका फोटा हालेपछि बधाईभन्दा आलोचना गर्नेको संख्या धेरै देखिएको छ । यहि क्रममा अर्की नायिका ऋचा शर्मा पनि गर्भवती बनेकी छन् । तर उनले नाङ्गो पेट देखाएकी छैनन् ।

एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो,अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ?’

त्यहि क्रममा सामाजिक संजालमा नेता हिसिला यमी तथा बाबुराम भट्टराईकी छोरी मानुषीले पनि आफू गर्भवती हुँदाको पेट देखाउँदै खिचिएका फोटोहरु पोष्ट गरेकी छन् ।उनले अरुको समर्थन वा बिरोधमा त्यस्ता फोटो नहालेको स्पष्ट पार्दै लेखेकी छन्,‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो,अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ?’

उनले आफू गर्भवती हुँदा बखतका दुइटा फोटोमा ‘मेरो सुन्दर कार्य हेर्नु अब’ भनेर लेख्दै यसरी बिट मारेकी छन् ‘नेपाली कणहरू साह्रै रूढीवादी !’

टिप्पणीहरू