सेनामा युवतीमाथि डरलाग्दो यौनशोषण

फौजमा बाहिनीपति, पृतनापति, गण र गुल्मपतिहरुको जगजगी चल्छ । सुवेदार मेजरले समेत त्यहाँ मौकामा चौका हान्ने अवसर गुमाउँदैनन् । अनि अवसरका आकांक्षीहरू आफ्नो लक्ष्य चुम्न एकछिन गुपचुपमा कसैको अगाडि लम्पसार पर्न पछि पर्दैनन् ।

यस्तै भएको छ, मध्यपृतना हेडक्वार्टर हेटौंडामा । त्यहाँ कार्यरत सुवेदार मेजर नागेन्द्रविक्रम घिमिरे र सिग्नल पल्टनको हिस्साका रुपमा मध्यपृतनामा खटिएकी अमल्दार (नायक) सानु पौडेलबीचको विशेष सम्बन्धले निकै चर्चा पाउने गरेको छ । मध्यपृतनाका प्रायः सबैलाई थाहा छ, घिमिरेले सानुलाई नियमविपरीत पृतनाका जिन्सीहरु उपलब्ध गराउँदै आएका छन् । तर, माथिल्लो निकायमा भने यो कुरा गुपचुप राखिएको छ । यहाँका हाकिमहरुले आफूनिकट रहेकी सिपाही पूजा चन्दलाई सिनियरको बाटो पन्छाउँदै शान्ति मिसनमा हालेका छन् ।

आफ्नो स्वार्थ पूरा गर्न हाकिमका शर्त स्वीकार्ने पूजाको बाटो नपछ्याउँदा तीन–चार वर्ष पछिमात्र पालो पाउने उनी विदेश उड्दा, पालो पाउनुपर्नेहरु भने न्याउरो मुख लाएर बसेका छन् । पालो मिचाइमा परेका सिपाहीलाई हाकिमहरुले माथि उजुर गरे कारबाही गर्ने धम्की दिने गरेका छन् । आफूनिकटलाई हरेक कुरामा सहुलियत दिने र इमान्दारिताका साथ नैतिक आचरण जोगाउँदै काम गर्नेलाई पछि पार्नेमात्र होइन, यो पृतनाको हरेक पार्टी र उत्सवमा फर्जी बिल बनाई आर्थिक लाभ लिने काममा समेत हाकिमहरु सिपालु छन् ।
जेसिओहरू

टिप्पणीहरू