चीनमा घनघोर वर्षा : हेनान प्रान्तमा ३३ को मृत्यु, १७ अर्बको खेतिपाती नष्ट

चीनमा घनघोर वर्षा : हेनान प्रान्तमा ३३ को मृत्यु, १७ अर्बको खेतिपाती नष्ट

चीनका विभिन्न भागमा भइरहेको भारी वर्षाका कारण धेरैको ज्यान गएको छ । वर्षापछि आएको बाढी र पहिरोमा परेर धेरै जना बेपत्ता भएका छन् भने कैयौं घरबारविहीन भएका छन् ।

चीनको हेनान प्रान्तमा भएको लगातारको मुसलधारे वर्षाका कारण ३३ को जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् ।

हेनानको आपतकालीन व्यवस्थापन कार्यालयका अनुसार त्यहाँका साना ठूला गरी १ सय ३ वटा शहर तथा जिल्लाका ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । त्यसैगरी उक्त प्रान्तका ३ लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

वर्षा र बाढीले मानवीय क्षतिसँगै अन्नबालीमा समेत ठूलो असर पारेको छ । करिब २ लाखभन्दा बढी हेक्टरको खेतिपातीमा क्षति पुगेको छ । यसबाट चीनले १ अर्ब चिनियाँ युयान अर्थात १७ अर्ब नेपाली रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक घाटा व्यहोर्नु परेको सिन्ह्वाले जनाएको छ ।

टिप्पणीहरू