प्रहरीलाई सवारी साधन चलाउने तालिम

प्रहरीलाई सवारी साधन चलाउने तालिम

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले सवारी साधन चलाउने प्रहरी चालकहरुलाई उन्नत तालिम दिएको छ ।

प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाको समन्वयमा सञ्चालन हुने १५औं समूहको सवारी चालक उन्नत यान्त्रिक ज्ञान तालिम शुरु भएको प्रतिष्ठानले जनाएको छ ।

तालिमको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक इञ्जिनियर नरोत्तमलाल प्रधानले आज उद्घाटन गर्नुभएको हो । संगठनलाई आवश्यक पर्ने दक्ष सवारी चालक तथा मेकानिक्सको आवश्यकता परिपूर्ति गर्न आधुनिक प्रविधिको तालिम शुरु गरिएको उहाँले बताउनुभयो ।

आज देखि एक महिनासम्म सञ्चालन हुने तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान २६ जना गरी ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । हालसम्म ४ सय ५४ जना प्रहरी कर्मचारीले सवारी चालक उन्नत तालिम हासिल गरिसकेका छन् ।

टिप्पणीहरू