हेटौंडातिर हल मालिकको हुल

चलचित्रनिकट भनिएका संघसंस्थाको काम कार्यक्रममा जाने, आतिथ्य ग्रहण र भाषण गर्नेबाहेक अरू केही भएन । त्यसमाथि चलचित्रसम्बन्धी संघसंस्थाको साधारणसभाको अवस्था यतिसम्म दयनीय छ कि बरु पास्नीको भोज खानेको संख्या बढी होला यी संस्थामा मान्छेको उपस्थिति बेहाल छ । त्यस्तै, हालत हुने देखिँदै छ, हल मालिकको संस्था नेपाल चलचित्र संघको चुनावमा ।साधारणसभा ११ माघमा हेटांैडास्थित नारायणी मलमा हुने तय भएको छ ।

अस्ति निर्माता संघमा झैं गाईजात्रा त्यता पनि देखिने सम्भावना बढ्दो छ । हल मालिकले पनि उति चासो नदिँदा जति उपस्थित भए त्यति नै कार्यसमितिमा आउने । देशभरमा सय बढी हल छन् । मालिकको संख्या उत्तिकै छ । तर, १३ सदस्य पनि पु¥याउन हम्मेहम्मे पर्ने अवस्था देखिएको छ । हल मालिकका अनुसार चलचित्र संघको अध्यक्षमा यसपटक प्रदीपकुमार उदयको पल्लाभारी हुने सम्भावना छ ।
३ वर्षदेखि अध्यक्ष नकिम उद्दीन थिए । उनको कार्यकाल सकिन २ महिनाअघि नै उक्त साधारणसभा हुन लागेको हो । वितरक सदस्य नरेन्द्र महर्जनको संयोजकत्वमा हुने संघको साधारणसभाका निम्ति शान्तिप्रिय, सरिता लामिछाने र सूर्य विमलीलाई खटाइएको छ ।

टिप्पणीहरू