पोखराका किशोर गाँजा बोकेर ठमठम काठमाडौं

पोखराका किशोर गाँजा बोकेर ठमठम काठमाडौं

गाँजा बोकेर काठमाडौं आउँदै गरेका एक किशोरलाई आज प्रहरीले पक्रेको छ । काठमाडौंको नागढुंगाबाट १ केजी ९ सय ग्राम गाँजा काठमाडौं भित्र्याउने खोज्ने १९ वर्षीय किशोर प्रहरीको फन्दामा परेका हुन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का कृष्णबहादुर अधिकारीलाई आज दिउँसो प्रहरीले शंका लागि चेक जाँच गर्दा उक्त परिमाणको गाँजा भेटिएको हो ।

उनले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ७५४४ नम्बरको बसमा झोलाभित्र प्लाष्टिकमा गाँजा लुकाई ल्याएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू