यिनको हालत अब के हुन्छ ?

लोकमानको नियुक्ति नै अवैध भयो । उसो हो भने लोकमानले नियुक्ति गरेका मान्छे वैध हुन्छन् वा अवैध ? भmलनाथ खनाल प्रधानमन्त्री हुँदा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति अम्बर गुरुङ र उपकुलपति प्रचण्ड मल्लहरूको कार्यकाल सकिएसँगै खनालले गृहजिल्लावासी गणेश रसिकलाई कुलपति बनाउन खाजेका थिए ।

पक्कापक्की नै भइसकेको थियो एमालेलाई कुलपति, कांग्रेसलाई उपकुलपति र माओवादीलाई सदस्य–सचिव । कुलपति गणेश रसिक, उपकुलपति सरुभक्त र सदस्य सचिवमा आलोकश्री ।

तर, जब लोकमान सक्रिय भए तब कुलपतिका आकांक्षी गणेश झरेर सदस्य सचिवमा खुम्चिए । कुलपति प¥यो सरुभक्तको पोल्टामा । एमाले, कांग्रेस, माओवादी सबैको घर चहारेर कसैले नपत्याएपछि लोकमानमार्फत दबाब दिएरै शम्भुजित बास्कोटा एकेडेमीको जागिरे हुँदाहुँदै संगीत नाट्य एकेडेमीको उपकुलपति बन्न पुगे भने गणेश रसिक सदस्य सचिवमा चित्त बुझाउन विवश भए ।

अहिले एकेडेमीभित्रकै केही प्राज्ञले सवाल उठाउन थालेका छन्, लोकमानको नियुक्ति नै अवैधानिक ठहर भएको अवस्थामा उनले नियुक्ति गराएका शम्भुजित बास्कोटाको अब के हुन्छ ?

टिप्पणीहरू