युथफोर्सलाई काउन्टर दिन पिपुल्स भोलिन्टियर घोषणा

युथफोर्सलाई काउन्टर दिन पिपुल्स भोलिन्टियर घोषणा

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले ‘पिपुल्स भोलिन्टियर’ घोषणा गरेको छ । पुष्पलाल स्मृति दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा वरिष्ठ नेता नेपालले पिपुल्स भोलिन्टियर घोषणा गर्नुभएको हो ।

नेकपा एमालेको दुईपक्षीय शक्ति संघर्षमा युवा संगठन ‘फ्रन्ट लाइन’मा देखिएको छ । पार्टी बिबाद समाधानका लागि कार्यदलस्तरमा अनौपचारिक छलफल भैरहेकै बेला केही दिनअघि संस्थापन पक्षले युथफोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स गठन गरेको थियो ।

आज शक्ति प्रदर्शन गर्दै नेपाल पक्षीय युवासंघले झण्डै एक हजार जनाको उपस्थितिमा पिपुल्स भोलिन्टियर घोषणा गरेको हो । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष नरेश शाही, नेता रघुजी पन्त,देवशंकर पौडेल, दिलकुमारी पन्त,निरज आचार्य लगायत झण्डै एक हजार जनाको सहभागिता रहेको बताइएको छ ।

हिजो मात्रै संस्थापन पक्षका नेता प्रभु साहले भक्तपुरमै ‘साइबर आर्मी’ नामक संगठन घोषणा गरेका थिए ।

टिप्पणीहरू