कारको डिक्कीमा बन्दुक राखेर पोखरा घुम्ने सौखिन प्रहरी खोरमा

कारको डिक्कीमा बन्दुक राखेर पोखरा घुम्ने सौखिन प्रहरी खोरमा

कास्कीमा बन्दुक बोकेर निस्फिक्री घुम्ने एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१ बगरस्थित ग.१च ४३७३ नम्बरको कारबाट १ थान दुईनाले भरुवा बन्दुकसहित हिजो बेलुका एक जना समातिएका हुन् ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई राखेको अवस्थामा बन्दुकसहित कार चालक पक्राउ परेका हुन् । उनी स्थानीय ५५ वर्षीय भरत गुरुङ भएको प्रहरीले बताएको छ ।

फागुनमा भागेका प्रतिवादी साउनमा समातिए

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ६ महिनापछि पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–११ का ३८ वर्षीय विष्णु जिवन धिताल (सन्ज्याल) लाई आज प्रहरीले पक्रेको हो ।

बाँके जिल्ला अदालतको गत फागुन १२ गतेको फैसलाले बैंकिङ्ग कसूरमा ३ दिन कैद र २ लाख ८० हजार रुपैयाँ जरिवाना ठहर उनी एकाएक फरार भएका थिए । आज विशेष सुराकीको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

टिप्पणीहरू