पत्नीको पीडा प्रकट

प्रहरी मिचिगन सिटीस्थित घरमा पुग्दा ३८ वर्षीय एन्थोनी ब्लेक घुँडा टेकेर रुँदै थिए । एन्थोनी र २६ वर्षीया पत्नी तारा ड्यानियल पेग्वेसले घरायसी झैझगडा हो मात्र भने । तर, यसैबीच ब्लेकको एउटा अण्डकोष भुइँमा खस्यो । फ्रान्सिस्कन हेल्थ केयर सेन्टरमा पुगेर ब्लेकले पत्नीसँग झगडा परेपछि एउटा अण्डकोष आफैंले काटेको बयान दिए तर यथार्थमा अरु महिलासँग लसपस गरेको रिसको झोंकमा ताराले लोग्नेको अण्डकोष अँठ्याएर तानिदिएकी रहिछन् । तारा जेलचलान भइसकेकी छन् ।

टिप्पणीहरू