मेयरले विद्यालयमा हस्तक्षेप गरेको भन्दै गान्धी आदर्शमा तनाब

मेयरले विद्यालयमा हस्तक्षेप गरेको भन्दै गान्धी आदर्शमा तनाब

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको गान्धी आदर्श माध्यमिक व्द्यिालयमा तनाब सिर्जना भएको छ । नगरपालिकाका मेयर कृष्णहरी थापाले विद्यालयको व्यवस्थापन समितिमा हस्तक्षप गरेको भन्दै आज बिहान केहीबेर तनाबको अवस्था सिर्जना भएको हो ।

मेयर थापाले अनावश्यक र गैर–कानुनी रूपमा व्यवस्थापन समिति विघटन गर्न खोजेको र विद्यालय व्यवस्थापन समितिलाई जानकारी नगराई अनैतिक हस्तक्षेप गरेर प्रधानाध्यापक परिवर्तन गरेको विषयलाई लिएर आज नेपाली काँग्रेस कागेश्वरी मनोहरा ९ नम्बर वडा इकाइ समितिले प्रदर्शन गरेको हो ।विद्यालयको गेट अगाडि भएको प्रदर्शन नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. २ का क्षेत्रीय सभापति उपेन्द्र कार्कीको नेतृत्वमा भएको बताइएको छ । प्रदर्शनमा नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगरपालिकाका सभापति अनिल थापा, वडा नं ७ का इकाइ सभापति भीमसेन थापा, वडाका क्रियाशील सदस्य तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।उनीहरुले प्लेकार्ड बोक्दै मुखमा कालो मास्क लगाएर धर्ना दिएका थिए । प्लेकार्डमा विद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन पाईदैन, विद्यालयमा राजनीतिक हस्तक्षप बन्द गर, शिक्षकको तलब तत्काल दे, विद्यालयको रोकिएको खाता तत्काल सञ्चालन गर, मुडेशैलीमा नगरपालिका चलाउन पाईंदैन, मेयरको मनोमानी बन्द गरलगायतका नारा लेखिएको थियो ।

टिप्पणीहरू