प्रेमी भगाउँदा पक्राउ

२५ वर्षीया एन्तोनियो रोबल्स सौडा ६ वर्षीय छोरालाई लिएर भेनेजुयलाको पोयन्टे आयालास्थित जेल पुगिन् । उनीसित गुलाबी रंगको सुटकेश पनि थियो । चोरीको अपराधमा पक्राउ परेपछि प्रेमी जोसे एन्तोनियो आन्जोटेगुइ ९ वर्ष ८ महिना जेल सजायँ भोग्दै छन् ।

दक्षिणी अमेरिकामा पत्नी वा प्रेमिकाले जेलमा रात बिताउन पाउँछन् । सौडाले पनि त्यहीं रात बिताइन् र भोलिपल्ट निस्किइन् । ढोका बाहिर पुगिसकेकी थिइन् तर चौकीदारले शंका लागेर सुटकेश खोल्न लगाए । भित्र जोसे थिए । प्रहरीले जोसेलाई त भित्र पठायो नै कैदीलाई भगाउने षड्यन्त्र गरेको भन्दै सौडालाई पनि जेल हाल्यो ।

टिप्पणीहरू