माधवपक्षीय युवा संघको मोटरसाइकल र्‍याली

माधवपक्षीय युवा संघको मोटरसाइकल र्‍याली

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको युवा संघले आज राजधानीमा मोटरसाइकल र्‍याली निकालेको छ । संघको पूर्वघोषित कार्यक्रमअन्तर्गत पिपुल्स भोलिन्टियर्सका लागि र्‍याली निकालिएको बताइएको छ ।

युवा संघका उपाध्यक्ष नितेश पौडेल र सचिव लक्ष्मण घिमिरेको नेतृत्वमा मोटरसाइकल र्‍याली निकालिएको हो । संघले निकालेको र्‍याली भृकुटीमण्डपबाट भक्तपुरतर्फ लागेको थियो ।

भृकुटीमण्डप, प्रदर्शनी मार्ग, पुतलीसडक, कृष्ण पाउरोटी, ज्ञानेश्वर, गौशाला, कोटेश्वरहुँदै भक्तपुर पार्टी प्यालेसमा गएर र्‍याली सम्पन्न भएको छ ।

टिप्पणीहरू