क्याबिनेट निर्णय:लामो दूरीका यातायात खुल्ला

क्याबिनेट निर्णय:लामो दूरीका यातायात खुल्ला

मन्त्रिपरिषद् बैठकले मुलुकभर लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुलाएको छ ।

गृह मन्त्रालयले साउन ५ गते सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई पठाएको परिपत्रमा उक्त व्यहोरा उल्लेख छ ।

साउन ४ गते निर्णय कार्यान्वयन गर्न क्याबिनेटबाट प्राप्त पत्रको आधारमा गृहले लोकसेवा आयोग, विश्वविद्यालयलगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएको अवस्थामा सबै यातायात खुल्ला राख्न आदेश दिएको हो ।

परिपत्रमा भनिएको छ,‘देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई दृष्टिगत गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने आवश्यक व्यवस्था मिलाउनु ।’

टिप्पणीहरू