जेल पछाडि जुवा,६ लाखको खालमा ६ जना महिला

जेल पछाडि जुवा,६ लाखको खालमा ६ जना महिला

काठमाडौंको भोटेबहालबाट जुवा खेलिरहेका १२ जना पक्राउ परेका छन् । ६ जना महिलासमेत पलेटी कसेर तास तानिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्रेको हो ।

दिनेशकुमार शेरचनको घरमा खेलाइएको जुवाको खालबाट झण्डै तीन लाख नगद र तीन लाखभन्दा बढीको चेकसहित बरामद भएको छ ।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोलीले घरबेटीसहित उनीहरूलाई पक्रेर चौकीमा पुर्याएको छ । पक्राउ परेकामा दोलखा चरिकोट घर भई छाउनी बस्ने वर्ष ३४ का हरिशरण थापा,धादिङ फूलखर्कका नेपालटार बस्ने वर्ष ३२ को सुमन अधिकारी,काठमाडौं शान्तिनगरका वर्ष ५१ का ज्योतिप्रकाश श्रेष्ठ,काभ्रेपलाञ्चोक महाभारत घर भई लोकन्थली बस्ने वर्ष ४४ को क्षेत्रबहादुर मोक्तान छन् ।त्यसैगरी भारत बिहार घर भई हाल भोटेबहाल बस्ने वर्ष ३४ का राहुल गुमा,बागलुङ रामेश्वर घर भई हाल बूढानीलकण्ठ बस्ने वर्ष २४ की श्रृजना खत्री,झापा हल्दिवारीकी २४ की चिना नेम्वाङ,धादिङकी ३० बर्षीया सरिता मल्ल गुरुङ, काठमाडौ जैसिदेवलकी वर्ष ५० की रञ्जना प्रधान,काभ्रेपलाञ्चोक घर भई चाबहिल बस्ने वर्ष ३८ की लक्ष्मी बानियाँ र भारत घर भई हाल बसुन्धरा बस्ने वर्ष ४६ की पुष्प अलि पनि पक्राउ परेका छन् ।

प्रहरीले विभिन्न पाँच वटा बैंकको चेकसमेत बरामद गरेको छ । जसमा ग्लोबल आइएमइ बैंकको १ लाख २५ हजारको १ थान,नेपाल इन्भेष्टमेन्ट बैंकको चार हजारको १ थान,सनराइज बैंकको १ लाखको १ थान,सिद्धार्थ बैंकको चार हजारको १ थान र मेगा बैंकको ५० हजारको १ थान रहेको छ ।

टिप्पणीहरू