बदर नियुक्तिको पत्र लेख्न भ्याइनभ्याई

बदर नियुक्तिको पत्र लेख्न भ्याइनभ्याई

निवर्तमान प्रधानमन्त्री केपी ओली यतिबेला प्रायः सबैसँग नकारात्मक हुनुहुन्छ । तर, कूटनीतिक जिम्मेवारीमा रहेका दुई पात्रप्रति भने उहाँको अगाध स्नेह कायमै छ ।

विभिन्न देश गएका कोही राजदूतले गतिलो काम गरेनन् भन्नु हुने ओलीले दुई राजदूतलाई चाहिँ ‘नमुना’ नै मान्नु भएको उहाँनिकटहरु बताउँछन् । उहाँले इजरायलकी राजदूत अञ्जान शाक्य र ओमानकी शर्मिला ढकाललाई ‘उदाहरणीय’ भन्ने गर्नुभएको छ र शर्मिलाको त म्यादै थपिदिनुभयो ।

अर्कातिर, देउवा सरकार बहाली हुनासाथ वैशाख २५ को नियुक्ति असार ३१ गते बदर गरिएको ११ देशका राजदूतहरुको एग्रीमोका लागि चिठी गइसकेको थियो । मन्त्रिपरिषद् बैठकले ती नियुक्ति बदर गरेसँगै यतिबेला परराष्ट्रलाई अर्को नोट जारी गर्ने चटारो छ ।

उक्त नोट पहिला नेपालस्थित सम्बन्धित देशका दूतावास र त्यसपछि सीधै सम्बन्धित देशका सरोकारवाला मन्त्रालयमा पठाइनुपर्छ ।
यसैबीच अवुधाबीस्थित नेपाली दूतावासमा राजदूत कृष्ण ढकालसँग व्यक्तित्वको टकराव भएपछि त्यहाँकी सेकेण्डम्यान रिता धिताल फर्किएकी छन् ।

उनले व्यक्तिगत कारण देखाए पनि आफूविरुद्ध राजदूत नै लागेको भन्दै निकटस्थसँग गुनासो पोख्ने गरेकी थिइन् ।

टिप्पणीहरू