सँसद जोगाउने माननीयलाई थरिथरी स्पस्टिकरण

सँसद जोगाउने माननीयलाई थरिथरी स्पस्टिकरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई साउन ३ गते विश्वासको मत दिने र आफूलाई बैशाख २७ गते बिश्वासको मत नदिने एमाले साँसदहरुलाई छानिछानी पुर्जी काट्नुभएको छ । पछिल्लो प्रकरणका २२ सांसदलाई भने अपराधपूर्ण काम गरेको ठहरसहित निश्कासनसम्मको चेतावनी दिइएको छ ।

हिजोको मितिमा आज २४ घण्टे स्पस्टिकरणपत्र थमाउँदै ओलीले संविधान,दलसम्बन्धी ऐन र संसदीय दलको विधानविपरित विपक्षी गठबन्धनमा सहभागी भएर उनीहरुले अपराधपूर्ण काम गरेको आरोप लगाउनुभएको हो । पत्रमा पार्टीविरुद्ध गुटगत गतिविधि सञ्चालन र पार्टी निर्णयविरुद्ध संलग्न भई अराजक,अनैतिक र अलोकतान्त्रिक ढंगले विपक्षी गठबन्धनमा सामेल भएर अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ? भनेर सोधिएको छ ।अध्यक्ष ओलीले हस्ताक्षर गरी पठाएको पत्रमा पार्टी हितविपरित वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको,पार्टी विधान तथा निर्णय विपरित गुटबन्दी तथा षड्यन्त्र गरेको,पार्टी निर्णय बारम्बार उल्लंघन गरेको,पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर क्रियाकलाप सञ्चालन गरेको जस्ता प्रश्न उठाइएका छन् ।

त्यस्ता कार्य पार्टी विधानको धारा ४९ क, १,२,३,४,५,६,७ र ४९ (च) विपरित भएकाले साधारण सदस्यतालगायत पार्टीको जिम्मेवारीबाट किन निश्कासन नगर्ने ? भन्दै निश्कासन गर्नु नपर्ने कारण भए २४ घण्टाभित्र जवाफ पेश गर्न भनिएको छ ।फ्लोर क्रस गरेका २२ सांसदलाई पठाइएको स्पस्टिकरणपत्रमा त्यसबारे भने केही उल्लेख गरिएको छैन । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकारलाई विश्वासको मत दिन सांसदहरु स्वतन्त्र हुने र त्यसैका आधारमा कारबाही गर्न नपाउने सर्वोच्च अदालतको आदेश विपरित हुने भएकाले स्पष्टिकरण पत्रमा अर्कै विषय उठाइएको अनुमान गरिएको छ ।

 

जवाफ नदिने बताएको माधव समूहले भने फ्लोर क्रसको आरोपमा कारबाही गरिए अदालत जाने चेतावनी दिँदै आएको छ ।

टिप्पणीहरू